शनिबार, बैशाख १५, २०८१

राष्ट्रको इज्जत र गौरव अभिवृद्धिमा खेलाडीको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

काठमाडौ साउन २९,  राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता र जीवन निर्वाहको सुनिश्चितताको वातावरण बनाउँन सरकारलाई सुझाव दिनुभएको छ ।

सम्बोधनको क्रममा उहाँले जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनी गरेकामा व्यक्तिगत रुपमा म र नेपाली जनता हर्षित रहेको बताउँदै राष्ट्रपति भण्डारीले खेलाडीको इमान्दारीले राष्ट्रको इज्जत र गौरव उच्च हुने हँुदा त्यसतर्फ लगनशील भई अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

प्रतियोगिताको एक दिवसीय खेलमा नेदरल्याण्ड्ससँग एक खेल जीतसँगै बराबरी गरी क्रिकेट टोली स्वदेश फर्केका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।