शनिबार, बैशाख १५, २०८१

२०५ औँ भानुजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

 काठमाडौं आषाढ २९, आज आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा गरेको योगदानको सम्मान स्वरुप आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०५औँ जन्मजयन्ती मनाउँने गरेको हो।

यसैक्रममा आज भानु प्रतिष्ठानले प्रभातफेरीसँगै प्रज्ञाप्रतिष्ठानको परिसरमा रहेको आदिकवि आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण लगायतका कार्यक्रमको आयोजना गरिएको छ । भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

 मुलत आदिकवि भानुभक्तले आफ्नो प्रश्नोत्तर’ कृति मार्फत मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने वधूशिक्षामा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका उहाँको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।