शनिबार, बैशाख १५, २०८१

अवको आवश्यकता जिवन उपयोगी शिक्षा : मन्त्री पोखरेल

  पत्रकारहरुलाई सिंहदरबार लगायतका स्थानमा प्रवेशमा कडाईगर्न सरकार लागेको सुनिएको भन्दै त्यसो नगर्न  महासचिव विष्टको आग्रह 

काठमाडौं असार २९, नेपाल पत्रकार महासंघले शिक्षा विभागसंगको सहकार्यमा आज शिक्षा पत्रकारिता पुरस्कार–२०७४ बाट पुरस्कृत पत्रकारहरुलाई आज एक कार्यक्रमकावीच पत्रकार महासंघको प्रेक्षालयमा पुरस्कार प्रदान गरेको छ ।   कार्यक्रममा नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकको निर्णय अनुरुप ५१ हजार राशीको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ बाट रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाइ प्रदान गरिएको थियो ।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार वितरण पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकारले शिक्षाका क्षेत्रमा देखापरेका विकृति विसंगतिविरुद्ध कलम चलाउँनु पत्रकारहरुलाइ आग्रह गर्दै उहाँले अवको आवश्यकता भनेको जिवन उपयोगी शिक्षा भएको बताउँनु भएको छ ।  साथै उहाँले सम्बोधनको क्रममा डा गोविन्द केसीका मागका सम्बन्धमा संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गरिने भएकाले उहाँलाई काठमाडौँमा ल्याएर वार्ता गर्ने सरकारको तयारी रहेको जानकारी दिनु भएको छ ।

 कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले समाजमा सकारात्मक सन्देश दिने समाचार संप्रेशण गर्न आग्रह गर्नुभएको थियो । त्यस्तै महासंघका अध्यक्ष गोविन्द आचार्यले मल्लले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सो पुरस्कार प्रदान गरिएको बताउनुभएको उक्त कार्यक्रममा पत्रकारहरुलाई सिंहदरबार लगायतका स्थानमा प्रवेशमा कडाईगर्न सरकार लागेको सुनिएको भन्दै त्यसो नगर्न आग्रह गर्नु भएको छ ।

 कार्यक्रममा  ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ बाट प्रदेश नम्बर १– निरोज कोइराला (रेडियो नेपाल÷हिमालय टाइम्स–भोजपुर) प्रदेश नम्बर २ – कृष्ण सिग्देल (राजधानी दैनिक/अनलाइनखवर– बारा) प्रदेश नम्बर ३ – चमारसिंह लामा (सामुदायिक सूचना नेटवर्क– काभ्रेपलाञ्चोक) प्रदेश नम्बर ४ – पवन पौडेल (दमौली एफएम–तनहुँ) प्रदेश नम्बर ५ – पार्वती पाण्डे (बुद्धदर्पण दैनिक–कपिलवस्तु) कर्णाली प्रदेश– मेघराज खड्का (कारोबार दैनिक– रुकुम) प्रदेश नम्बर ७ – गोकर्ण दयाल (गोरखापत्र दैनिक– बैतडी) उपत्यका प्रदेश– चन्द्र बानियाँ (रेडियो नेपाल– काठमाडौं) बाट पुरस्कृत हुनुभएको छ भने  त्यस्तै ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ बाट प्रदेश नम्बर १— रमेशचन्द्र अधिकारी (कान्तिपुर दैनिक–धनकुटा) र नारायणभक्त राई (ब्लाष्ट टाइम्स दैनिक –मोरङ) प्रदेश नम्बर २– नगेन्द्रकुमार कर्ण(गोरखापत्र दैनिक–महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह(जनकपुर टुडे–धनुषा) प्रदेश नम्बर ३ – मन्दिरा थापा(नेपाल टेलिभिजन–दोलखा) र मनोज थापा(अर्थ नेपाल डटकम–नुवाकोट) प्रदेश नम्बर ४– शान्ता कमली(नयाँपत्रिका–लमजुङ) र छविलाल तिवारी(नागरिक दैनिक–पर्वत) प्रदेश नम्बर ५–केशर रोका(अन्नपूर्ण दैनिक–प्यूठान) र तेजेन्द्र के. सी. (दैनिकपत्र दैनिक–रुपन्देही) कर्णाली प्रदेश – नरजन तामाङ (नयाँपत्रिका–हुम्ला) र गणेश विक(नागरिक दैनिक–रुकुम) प्रदेश नम्बर ७– गगन अएडी(नयाँपत्रिका दैनिक–बाजुरा) र जगदीश रोकाय(अन्नपूर्ण पोष्ट दैनिक–बझाङ) लाइ त्यस्तै गरि उपत्यका प्रदेश अन्र्तगत – संयुक्तरूपमा– नीता सापकोटा(नेपाल टेलिभिजन–काठमाडौं), केशव भुल(सीआइएन–काठमाडौं) र रामु सापकोटा(हिमाल खवर पत्रिका–ललिलपुर)  र उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रु. २० हजार राशीको यो पुरस्कार प्रदेश नम्बर १ बाट सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु), प्रदेश नम्बर २– रेडियो निजगढ (बारा), प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप), प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा), प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोटा), प्रदेश नम्बर ७– सेती सामुदायिक एफएम (बझाङ), उपत्यका प्रदेश – रेडियो राजधानी (काठमाडौं) लाई पुरस्कृत गरिएको छ ।

यसैगरी राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. २५ हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ नागरिक दैनिक (काठमाडौं) लाई प्रदान गरिएको छ भने टेलिभिजनतर्फ इमेज टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एजुकेशन ज्यूज नेपाल डटकमलाई पुरस्कृत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।