शनिबार, बैशाख १५, २०८१

यस्तो छ गायक धुर्वको पश्चिमेली देउडामा सुक्मित र पुष्पको रोमान्स

काठमाडौ असार २९, गायक धुर्व बिस्को र गायिका मिना थापाको आवाजमा रहेको पश्चिमेली देउडा गित डिट पडिजाउ भेट नहईजाउ भन्नि छिन्न मान्या सार्बजनिक भएको छ ।

संजय बिस्कोको शब्द गायक धुर्व बिस्कोको आफ्नै संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ शिब बिकले निर्देशन गरेका छ भने ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ। मोडल तथा नायक पुष्प खड्का र नब मोडल सुक्मित घिसिङको स-सक्त अभिनय तथा नृत्य रहेको छ ।

पछिल्लो समय एकपछि अर्को चर्चित गितहरु नेपाली सांगितक बजारमा प्रस्तुत गर्दै आइरहेका गायक बिस्कोले आफ्नो पछिल्लो फरक शैलीको पश्चिमेली देउडा गितले सम्पूर्ण दर्शक श्रोताको मन जित्ने पक्षमाआफु बिस्वस्त रहेको बताए ।