बुधबार, बैशाख १९, २०८१

निक्षेपकताकर्ताको ४ करोड ठग्ने साइनिङ स्टारका खड्गी र श्रेष्ठ पक्राउ

 काठमाडौ साउन १२,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाइ जेल चलान गरेको छ ।    को–अपरेटिभका लेखा समिति सदस्यद्दयले रु ४ करोड १७ लाख ५८ हजार ठगेर फरार रहदै आएकोमा २०७४ वैशाख १७ को आदेश अनुरुप काठमाडौँ जिल्ला अदालतले फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरिएको व्युरोले जनाएको छ ।

 व्युरोका अनुसार आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा व्याजसमेत फिर्ता नगरी ठगी गरेको जनाएको छ ।

यसैवीच महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले धारिलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने ३ जनालाई पक्राउ गरेको छ ।  प्रभागको टोलीले बिहीबार राति ११ बजे बा२ज २७१३ र बा२ज ३६६९ नम्बरको टक्सीमा यात्रु बनेर धारिलो हतियार देखाई ठगी गर्ने नुवाकोटका १८ वर्षीय कविन परियार, टोखाका २३ वर्षीय राहुल शिल्पकार र झापाका २५ वर्षीय विराज ढकाललाई पक्राउ गरेको हो । जसमा परियार र शिल्पकारलाई बिहीबार बेलुका र ढकाललाई आज बिहान पक्राउ गरेको हो । उनीहरुले दुवै ट्याक्सीको चालकलाई बुढानिलकण्ठ नगरपालिका वडा नं ७ हेपाली हाइट पु¥याएर चक्कु देखाई मोवाइल र नगद लुटपाट गरको अनुसन्धानमा खुलेको छ । प्रहरीले उनीहरुसँग नगद रु पाँच हजार ६००, छ थान मोवाइल, एक थान औँठी, ३ थान धारिलो हतियार समेत बरामद गरेको जनाएको छ ।

Published on: Jul 28

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।