शुक्रबार, बैशाख २१, २०८१

गुरु पूर्णिका अवसरमा परम्परागत ६३ टोलका मुख्य वाजा-गुरुहरु अभिनन्दित

 आसन्न १५ औ ज्यापु दिवसको संयोजकको जिम्मेवारी हस्तान्तरण

काठमाडौं साउन ११,  काठमाडौं महानगरपालिका भित्र रहेका ६३ टोलको नाश द्य ज्यापु गुथिको परम्परागत वाजागाजा संरक्षण लगायतका विभिन्न रचनात्मक कार्यक्रम सञ्चालनका लागि राज्यको सहयोगमा स्थापित ज्यापु संस्कृति विकास कोषले आज परम्परागत ६३ टोलका मुख्य वाजा गुरुहरुलाइ आज एक विशेष कार्यक्रमकावीच सम्मानीत गरेको छ । 

गुरु पूर्णिका अवसरमा आयोजित उक्त सम्मान कार्यक्रममा नेवारी परम्परा अनुसार मुल गुरुहरुलाइ सगुन सहित सम्मान पूजा गरिएको थियो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको धराृेहर बचाउँ���को लागि ज्यापु समुदायले गर्नै आएको योगदान आफैमा महत्वपूर्ण भएको बताउँदै गुरुहरुलाइ कालो टोपी सहित सम्मान व्यक्त गर्नु भएको थियो । साथै उहाँले आजको महत्वपूणृ सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा आफुलाइ गर्वको अनुभूति भएको जनाउ दिनु भएको थियो ।

साथै कार्यक्रममा १४ ज्यापु दिवसकार्यक्रमका आयोजक परमपरागत नबही ब्रम्हत्वा: दगु दाफा खलको तर्फबाट आसन्न १५ औ ज्यापु दिवसको संयोजकको जिम्मेवारी परम्परागत धर्मचक्र तन :नी खल: त्वा गुथिका अध्यक्ष तीर्थनारायण महर्जनलाइ हस्तान्तरण गरिएको उक्त कार्यक्रममा कोषको तर्फबाट कामपा प्रमुख शाक्यलाइ समेत सम्मान गरिएको थियो ।

  कार्यक्रममा आसन्न ज्यापु दिवसको संयोजक तीर्थनारायण महर्जन विकास कोषका संरक्षक पूर्व राज्यमन्त्री तिर्थराम डंगोल, ज्यापु महागुथि नेपा केन्द्रीय तयारी समितिका अध्यक्ष राजभाइ जक:मी नारायण परिवार क्लवका अध्यक्ष प्रचण्डमान श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।