शुक्रबार, बैशाख १४, २०८१

३ दिन देशैभर वर्षाको संभावना: पूर्वानुमान महाशाखा

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 काठमाडौ साउन १३ ,  मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले ३ दिने मौसम पूर्वानुमान सम्बन्धी जारी विज्ञप्तिमा श्रावण १३ गते ९आइतबार० दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशको अधिकांश स्थानहरुमा मध्यम खालको वर्षाको र एक दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो ।

त्यस्तै जारी विज्ञप्तिमा रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ । साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।  त्यस्तै साउन १४ गते पनि दिउँसो र रातमा पनि देशभर सामान्य देखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको त्यस्तै  साउन १५ गते पनि त्यस्तै संभावना रहेको जनाएको छ ।

  महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौँमा तीन दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङ र ओखलढुङगामा छ, सिमरामा १६, पोखरामा २५, दाङमा १४, नेपालगञ्जमा ३४, धनगढीमा ११ र डडेलधुरामा ३० मिलिमिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम तापक्रम २९ दशमलव पाँच र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।

यसैवीच महाशाखाले जारी ३ दिने बाढी बुलेटिनमा निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।  बुलेटिनमा कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतरा भन्दामाथि रहने सम्भावना नरहे पनि आइतबार बिहानसम्म कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई लगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । त्यस्तै खासगरी पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा बाढीको सम्भावना रहेको छ । पहिरो जान सक्ने स्थानमा पनि सतर्कता खपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
Publish on: Jul 29, 2018

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।