मङ्लबार, बैशाख १८, २०८१

विश्वकप फुटबल : आज स्वीडेन-दक्षिण कोरिया ,बेल्जियम-पानामा , इङ्ल्यान्ड र ट्युनिसियावीच प्रतिस्प्रर्धा हुँदै

५ पटकको विश्वकप विजेता वनिसेका ब्राजिलालाइ  स्वीट्जरल्याण्डले वरावरीमा रोक्दै गर्दा   ४ पटकको विश्व बिजेता जर्मनी मेक्सिकोसँग पराजित

काठमाडौं असार ४ , विश्वकप फुटबल अन्र्तगत आज हुने ३ वटा खेलमा समूह एफबाट नेपाली समय अनुसार वेलुकी पौने ६ वजे स्वीडेन र दक्षिण कोरिया भिड्नेछन् भने दोस्रो खेल राति पौने ९ बजे बेल्जियमले पानामावीच खेल हुनेछ ।  त्यस्तै समुह जीबाट राति पौने १२ बजे हुने अर्को खेलमा इङ्ल्यान्डले ट्युनिसियावीच प्रतिप्रर्धा  हुने भएको छ । समग्रमा आजको खेलआफैमा रामाञ्चक एमव् प्रतिस्प्रधात्मक हुने फुटवलका विश्लेषकहरुको दावी रहेको  छ ।

यसैवीच आइतवार भएको खेलमा विश्वकपका साविक विजेता जर्मनी मेक्सिकोसँग १९० गोल अन्तरमा पराजित भएका छन भने कपको दावेदार मानिएका ब्राजिललाई स्विट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दै गर्दा सर्वियाले कोष्टारिकालाई १-० ले हराएको छ । ५ पटकको विश्वकप विजेता वनिसेका ब्राजिललाई स्वीट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दै गर्दा ४ पटकको विश्व बिजेता जर्मनीले खेलमा थुपै अवसर सिर्जना गरे पनि मेक्सिकोले उत्कृष्ट बचाउका कारण जर्मनी पराजित भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।