शनिबार, बैशाख ८, २०८१

सर्विया कोष्टारिकावीचको भिडन्तमा कोष्टारिका १–० ले पराजित

 काठमाडौ  असार  ३ , विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ । समूह ‘इ’ अन्तर्गतको खेलमा सर्वियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाका लागि एलेक्जेन्डर कोलारोभले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेपनि खेलको दोस्रो हाफमा भने कोष्टारिका गोल खान पुगेको थियो ।  अहिले दोस्रो खेलमा जर्मनीले मेक्सिकोसँग वीच र तेस्रो खेल राति ११ः४५ बजे ब्राजिल र स्वीट्जरल्यान्डबीच खेल हुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।