सोमवार, बैशाख १७, २०८१

गुट उपगुटमा नलाग्न नेता गुरुङ आग्रह

 काठमाडौं जेठ १९,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेविसंघले आज आयोजना गरेको अन्तक्र्रियालाइ सम्बोधन गर्दै संघका नेता तथा कार्यकर्तालाई गुट उपगुट नभनी अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

अन्तक्र्रिया कार्यक्रमलाइ सम्बोधनको क्रममा नेता गुरुङले संघसंगठन बलियो बनाउने हो भने र सबैको बनाउने हो भने आजबाट गुट उपगुटको अवधारणा भन्दा वाहिर आउँन भन्दै गुट उपगुटका कारणनै काँग्रेसले सम्पन निर्वाचको क्रममा पराजयको सामना गर्नु परेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै उहाँले पार्टीमा माथिदेखि तल्लो तहसम्म मौलाउँदै गरेका गुटगत राजनितीको अन्त्यका लागि आआफ्नो क्षेत्रबाट योगदान गर्न समेत त्यस अवसरमा आग्रह गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।