शनिबार, बैशाख १५, २०८१

६५ वर्षमै वृद्धभत्ता दिने र गम्भीर प्रकृतिका बिरामीको जीविकोपार्जन भत्ता काटिएकोमा काँग्रेसको आपत्ति

  •  आर्थिक वर्ष २०७५/७६ को बजेट प्रति प्रमुख प्रतिपक्ष दल काँग्रेसद्दारा आफ्नो धारणा सार्वजनिक
  • प्रधानमन्त्रीले राती हैन दिउसै खुला आँखाले देखेको सपना भनेर प्रचारित पानी जहाजको विषय साँझपख जारी बजेटबाट गायव हुनु आफैमा आश्र्चय

 काठमाडौ जेठ १६, प्रमुख प्रतिपक्ष दल काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गरेको छ ।  बजेटप्रति आफ्नो धारणा सार्ववनिक गर्नेक्रममा कांग्रेसले मुलुकको समृद्धिका लागि रचनात्मक सहयोग गर्नु एकातर्फ हाम्रो कर्तव्य वन्दछ भने अर्कातर्फ बजेटमा रहेको अन्यौल, विरोधाभाष र कमजोरी औल्याउनु हाम्रो दायित्व भएको जिकिर गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन भएर तुलनात्मक रुपले सहज राजनैतिक अवस्था मुलुकमा वनेको कालखण्डमा जुन इच्छाशक्ति, भिजन र कार्यक्रम साथ बजेट आउन नसकेको जनाएको छ ।

केही महिनाअघि श्वेतपत्रमार्फत मुलुकको अर्थतन्त्र धरासायी रहेको ठहर गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “आगामी वर्ष आठ प्रतिशतको वृद्धिदर हासिल हुने लक्ष्यको प्रक्षेपणले श्वेतपत्रलाई खण्डित गर्दै अर्थतन्त्र भनिएझैँ धरासायी नरहेको प्रष्ट पारेको बताउँदै प्रधानमन्त्रीले राती हैन दिउसै खुला आँखाले देखेको सपना भनेर प्रचारित पानी जहाजको विषय साँझपख जारी बजेटबाट गायव हुनु आफैमा आश्र्चय भएको बताउँनु भएको छ ।   साथै पार्टी प्रवक्ता शर्माले बजेटमा ठूलो व्ययभार नपर्ने तर सम्बन्धित बिरामी र परिवारजनलाई एक हदसम्म राहत पुग्ने उक्त कार्यक्रमलाई निरन्तरता नदिइनुले जारी बजेट दोषमसक्त हन नसकेको जिकिर गर्दै चुनावी मैदानमा काँग्रेसले लिएको अर्थनीति गलत छ भन्ने अनि महत्वाकांक्षी राजश्व वृद्धि र करको दर बढाउने कार्यक्रमबाहेक काँग्रेसले शुरुआत गरेको मूल्य अभिवृद्धि कर, पूँजीगत लाभ करभन्दा भिन्न नवीन कार्यक्रम बजेटले ग्रहण गर्न नसकेको बताए । 

 साथै पत्रकार सम्मेलनमा प्रवक्ता शर्मा दुर्गम गाउँमा बस्ने नेपालीको औसत आयु ७० वर्षभन्दा तल रहेको वास्तविकतालाई ध्यानमा राखी काँग्रेसको सरकारले ६५ वर्षमै वृद्धभत्ता दिन गरेको निर्णय बजेटमा समाहित नगरिएकामा उहाँले गम्भीर आपत्ति प्रकट गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मिर्र्गाला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षघात भएका बिरामीलाई जीविकोपार्जन भत्ताबापत मासिक रु ५ हजार उपलब्ध गराउने यसअघिको सरकारले गरेको प्रबन्ध हालको बजेटमा उल्लेख नगरिएकामा आपत्ति जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।