शनिबार, बैशाख १५, २०८१

सरकारी सञ्चार माध्यमको अध्ययन गर्न समिति गठन

 काठमाडौ जेठ १६,  सरकारी सञ्चार माध्यम गोरखापत्र , रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधारका लागि भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दइअलग अ अध्ययन एवं छानबिन समिति गठन गरेको छ ।  मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख भएहनुसार अध्ययन एवं छानबिन समितिले ती संस्थाका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्ने कार्यादेश पाइको छ ।

त्यस्तै मन्त्रालयद्दारा जारी विज्ञप्तिमा गोरखापत्र संस्थानको अध्ययन एवं छानबिन गर्ने समितिको संयोजकमा विष्णु रिजाल र सदस्यमा सुवास देवकोटा, वासुदेव अधिकारी, टीकाराम राई, डोलप्रसाद दाहाल तथा सचिवमा मन्त्रालयका उपसचिव संगीता ओझा रहनुभएको छ । समितिलाई एक महिनाको समय दिइएको छ भने रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टिगत सुधार गर्न गठित समितिको संयोजकमा रघु मैनाली, सदस्यमा तपनाथ शुक्ल, यादव चापागाईं र धरणीधर अधिकारी सदस्य रहनुभएको उल्लेख गरिएको छ ।

समितिको कार्यावधि एक महिना १५ दिन तोकिएको छ । समितिले अध्ययन तथा छानबिन गरी पेश गर्ने प्रतिवेदनको कार्यान्वयनबाट ती संस्थाको सुधारमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।