शुक्रबार, बैशाख ७, २०८१

सबै खाले सिण्डिकेटको अन्त्य गर्न गृहमन्त्री बादलसँग पूर्वमन्त्री ढकालको

 काठमाडौं जेठ १६, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त बनेका छन् । यसैक्रममा उनले बुधबार गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका छन् ।  गृह मन्त्रालयमा भएको भेटमा अध्यक्ष ढकालले गृहमन्त्री बादलको अगुवाईमा यातायात क्षेत्रका सिण्डिकेटको अन्त्य र सुन तस्कर माथिको कारबाही सफल बनाएकोमा बधाई दिदै थप समसामयिक बिषय तथा देशको शान्ति सुरक्षाबारे छलफल गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

छलफलको क्रममा गृहमन्त्री बादलले सरकार शान्ति सुव्यबस्था कायम गर्न प्रतिबद्ध रहेको बताउँदै आफुले सबैको सहयोगको अपेक्षा राखेको बताए ।  त्यस्तै ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले भेटमा पूर्वमन्त्रीसमेत रहेका ढकालले आगामी दिनमा अन्य क्षेत्रमा जारी रहेको सिण्डिकेटको अन्त्य गर्दै ढकालले समाजका सबै खाले बिकृति र विसंगतिको अन्त्य गरी शान्ति सुव्यबस्था कायम गर्न दरो नेतृत्व प्रदान गर्न आग्रह गर्नुभएको जानकारी दिनु भएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु