शनिबार, बैशाख ८, २०८१

बिपी विचार राष्ट्रिय समाजले १८ गते काँग्रेसले बिर्सन थालेको बिपी विचारको घनिभुत चिन्तन गर्ने

 काठमाडौ जेठ १७,  बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । बुधवार समाजले पत्रकार सम्मेलनको आयोजना गर्दै समाजका केन्द्रीय अध्यक्ष एवव काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले आसन्न भेलाबाट बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा पराजित हुनुको कारणको सुक्ष्म समीक्षा गरिने बताउँनु भएको छ ।

 त्यस्तै पत्रकार सम्मेलनमा काँग्रेसको सम्पन्न केन्द्रीय समितिले पराजयको नैतिक जिम्मेवारी लिए पनि के कति कारणले निर्वाचनमा काँग्रेस पराजय भएको हो सोको जानकारी कार्यकर्तालाई नदिएको भन्दै सोका विषयमा समेत चिन्तन गरिने बताउँनु भएको छ ।

साथै सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा काँग्रेसले बिर्सन थालेको बिपी विचारका बारेमा घनिभुत चिन्तन गर्दै काँग्रेससँगै प्रजातन्त्र र राष्ट्रियता समाप्त गर्ने षड्यन्त्र अहिले चरमचुलीमा रहेकोले त्यसतर्फ सजग हुन आह्वान गर्दै ३ नं प्रदेशका १३ जिल्लाका समाज आवद्ध सदस्यको भेलाले नितिगत निष्कर्ष सहितको काठमाडौं घोषणापत्र जारी गर्ने भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।