बुधबार, बैशाख १९, २०८१

यस्तो छ वाइसिएलद्दारा मातहतका समितिलाइ जारी निर्देशन

काठमाडौ  जेठ ४,    योङ् कम्युनिष्ट लिग, नेपालको केन्द्रीय पदाधिकारी बैंठकले विभिन्न कालखण्डमा ��ुटफुट र विभाजनको श्रृखला वेहोरेको कम्युनिष्ट पार्टी मुलत माओबादी केन्द्र र एमालेबिच सम्पन्न ऐतिहासिक एकतालाई स्वागत गर्दै पार्टीको समाजवादउन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न मातहतका सबै समितिलाई निर्देशन दिदै सबै समितिले पार्टी एकताको भावअनुसार नै गर्न गराउनसमेत आग्रह गरेको छ ।

वाइसिएलको आज बसेको केन्द्रीय कार्यालयको बैठकपछि अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले जारी गर्नुभएको विज्ञप्तिमा पार्टी एकता प्रक्रियालाई सार्थक बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पु प्रचण्ड’ तथा अन्य नेतृत्वबाट भएको सकारात्मक पहलप्रति धन्यवाद ज्ञापन गर्दछौँ । एकताको भावलाई स्थानीय तहसम्म लैजान र जनतामा सम्प्रेषित गर्न आग्रह गर्दछौँ भनिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।