बुधबार, बैशाख १९, २०८१

डा. रामदेव विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौ जेठ ४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार निमित्त निर्देशक डा यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि रु ३७ हजार घुस मागेको अभियोग लागेको छ ।  आयोगले बिगो असुल गरी चार महिना कैद सजाय माग गर्दै मुद्दा दायर गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।