बुधबार, बैशाख १९, २०८१

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै नेविसंघद्दारा निगम घेराउ

 काठमाडौं जेठ ४,   नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेको छ । दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको आरोप सहित संघले निगम घेराउ गरेको हो । 

 साथै संघले निगमको गेट अगाडि विरोध प्रदर्शन सहित मूल्यवृद्धि जनहित विरोधी र कमिशनउन्मुख रहेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै  आफ्ना माग बेवास्ता गरिए जनताका बीचमा गई मूल्यवृद्धि विरुद्धको आन्दोलन थाल्ने चेतावनी समेत दिएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।