बुधबार, बैशाख १९, २०८१

वर्तमान सरकार गुण्डाराजमा अघि बढिरहेको नेता बिजुक्छेंको आरोप

भक्तपुर जेठ ४,   नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रवीचको एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताउनु भयो ।  रफत सञ्चार क्लबद्दारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले पार्टी एकतापछि एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाई गलत भएको टिप्पणी गर्दै पार्टीको एकता प्रक्रिया आपैmमा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएको जनाउ दिदै उहाँले भने संख्यात्मक रुपमा संसारकै ठूलो भएपनि सैद्धान्तिक पाटोलाई आत्मसात गर्न नसक्दा देशै टुक्रा टुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरुले बुझ्नु पर्नेमा जोड दिनु भएको छ ।

साथै उहाँले वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला ब्यापारिको आडमा चलेको बताउँदै उहाँले बिगत पञ्चायतले तीस बर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसके जस्तै वर्तमान सरकाले पाँच बर्ष सत्ता चलाएता पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने दावी सहित नेता बिजुक्छेंले वर्तमान सरकार गुण्डाराजमा चलिरहेको बताउनु भएको छ ।
बिगतमा सरकारका प्रमुख भारत गएर देशका नदि नाला बेच्ने गरेता पनि भारतका प्रधान मन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्टाउँनुको अलावा  भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाललाई आर्थिक व्ययभार मात्रै थपेको तर उपलब्धि केही नभएको बताउँदै उहाँले मोदी फर्किएलगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले यसको पुष्टि गरेको जिकिर गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु