काठमाडौ जेठ ४, नेपाल स्काउटको आयोजनामा तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी हुने भएको छ । जेष्ठ १६ गते देखि २१ गतेसम्म नुवाकोट ककनी स्थित अन्तर्रा्ष्ट्रिय स्काउट केन्द्रमा तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरीको आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलन जानकारी दिईएको छ ।
नेपाल स्काउटका संरक्षक समेत रहेका प्रम केपी ओलीद्धारा उत्घाटन हुने सो ज्याम्वोरिमा देशभरिका ५ हजार भन्दाबढी स्काउटहरुको सहभागिता रहने प्रचारप्रसार प्रमुख स्काउट लिडर राजिव खत्रीले जानकारी गराए । उनका अनुसार सार्कमुलुकहरुबाट समेत स्काउटहरुको सहभागिता रहनेछ । स्काउटिङ्ग जगतमा ज्याम्बोरीको छुट्टै मौलिक महत्व रहने गरेको छ । यसमा विश्वव्यापी अनौपचारिक शैक्षिक अभियानका माध्यमबाट साहसिक र बौद्धिक क्रियाकलापहरु गरिने खत्रीले जानकारी गराए ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको २ करोड सहयोग र नेपाल स्काउटको १ करोड आन्तरिक स्रोतबाट ज्याम्बोरी आयोजना गर्न लागिएको नेपाल स्काउट तदर्थ समितिका संयोजक चन्दन कौशिकले जानकारी गराए । उनले भौतिक निर्माण र अन्य तयारी अन्तिम चरणमा पुगेको बताए । ज्याम्बोरीमा सहभागीहरुले आफ्नो मौलिक प्रतिभाको प्रस्फुटन गरी सीप, संस्कृति, कलाकौशलको ज्ञान आदान–प्रदान गर्ने संयोजक कौशिकले जानकारी दिए ।
ज्याम्बोरीमा स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तको व्यवहारिक अभ्यास, स्वप्रकृति अध्ययन, मित्रताको विकास, क्याम्प फायर, साहसिक क्रियाकलाप, हस्तकला सिप प्रदर्शन, भेषभुषा तथा संस्कृति प्रदर्शन लगायतका गतिविधीहरु सञ्चालन हुने छ । त्यसैगरी प्रकृतिक अध्ययन अन्तर्गत बनस्पति, बोटविरुवा, चराचुरुङ्गी, जीव जन्तु, फलफूल जस्ता विषयहरु रहेका छन् । कार्यक्रम सम्पन्न गर्न २० वटा उपसमिती गठन गरिएको पत्रकार सम्मेलनमा बताईएको छ । विसं २००९ मा स्थापना भएको नेपाल स्काउटले यसअघि २०४३ सालमा प्रथम स्काउट ज्याम्बोरी काठमाडौं स्थित कीर्तिपुरमा गरे यता लामो समयपछि दोस्रो राष्ट्रिय ज्याम्बोरी २०६९ मा चितवनको टिकौलीमा सम्पन्न गरेको थियो । हाल देशको ६५ जिल्लामा ६० हजार स्काउट सदस्यहरु सकृय रुपमा स्वयंसेवीको रुपमा क्रियाशील छन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान