शुक्रबार, बैशाख १४, २०८१

प्र.म.को सम्बोधन सहित संघीय संसदको पहिलो अधिवेशन आज अन्त्य हुँदै ,राष्ट्रपतिको कार्यालय बेखबर

 काठमाडौ चैत २० , फागुनमा २१ गते सुरू भएको संघीय संसद्को संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।  सम्बोधनको क्रममा प्रम ओलीले चैत २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका जानकारी संघीय संसद्लाई दिदै सम्बोधन गर्ने तयारी रहेको बताईएको छ ।  प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

सोमबारसम्म राष्ट्रपति कार्यालयलाई थाहा छैन :   सरकारबाट बिजनेस नपाएपछि संसद् अधिवेशन आजै अन्त्य हुने सांसद तथा संघीय संसद् सचिवालयमा चर्चा चले पनि राष्ट्रपति कार्यालय भने सोमबार अबेरसम्म बेखबर थियो । संसद् अधिवेशन अन्त्य गर्नेबारे संसद् र प्रधानमन्त्रीको सिफारिस आउनुपर्ने भए पनि त्यो प्राप्त भइनसकेको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले बताए । उनले भने, ‘अपर्झट भोलि नै सिफारिस आयो र अधिवेशन अन्त्य गर्नुपर्ने भयो भने त पत्र पठाइन्छ ।’

 संसदमा  पेस भएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । दुवै अध्यादेश संसद्मा पेस भइसकेको छ । अध्यादेश पेस भएको दुई दिनसम्म सांसदले अस्वीकार गर्ने सूचना दर्ता गर्न सक्ने प्रावधान छ ।  सोहीबमोजिम चिकित्सा शिक्षा अध्यादेशमा नेमकिपाबाट निर्वाचित सांसद प्रेम सुवालले अस्वीकार गर्ने सूचना दर्ता गराएका छन् । प्राप्त अस्वीकार गर्ने सूचना प्रस्तुत गरेपछि विधेयकमा स्विकृति गर्न संसद्मा प्रक्रिया अघि बढ्नेछ ।नयाँपत्रिकाबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।