बिहिबार, चैत्र १५, २०८०

मन्त्रिपरिषद् बैठक : प्रम ओलीको भारतको राजकीय भ्रमण स्वीकृत

काठमाडौ चैत २०,  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेका मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी ओलीले चैत २३ देखि २५ गतेसम्म हुने भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । बैठक पछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल  बाँस्कोटाले दिनु भएको जानकारी अनुसार

आजको बैठकले चिकित्सा शिक्षासम्बन्धी तथा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगसम्बन्धी प्रतिस्थापन गर्ने विधेयक आजै संसद्मा टेबल गर्ने निर्णय गर्नुको अलावा छ । भुक्तानी प्रणाली व्यवस्थित गर्न आवश्यक भुक्तानी तथा फछ्र्योट विधेयकबारे सैद्धान्तिक अवधारणाको अर्थ मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

 त्यस्तै बैठकले दिगो विकासको लक्ष्यअनुरूप अमेरिकी सरकारको करीब ५० करोड डलरको सहयोगमा सडक, यातायात सञ्चालन र विद्युत्को ट्रान्समिसन लाइनसम्बन्धी काम गर्न नेपाल विकास समिति गठन गरिने निर्णय सहित खानेपानी परियोजनाका लागि एशियाली विकास बैंकको रु एक अर्बको अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ । साथै संविधानत जिल्ला शिक्षा कार्यालयहरू यही चैत २८ गतेदेखि नरहने व्यवस्था भएकोमा अन्तरिम व्यवस्थाका रूपमा जिल्ला समन्वय एकाइ स्थापना नभएसम्म २०७५ साल असार समान्तसम्म स्वीकृत बजेट कार्यक्रमभित्र रहेर कार्यालय रहने व्यवस्था गर्ने निर्णय गरेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।