शनिबार, बैशाख १५, २०८१

प्रतिनिधिसभा नियमावली : फौजदारी अभियोगमा सासंदलाइ मुद्दा लागे स्वतः निलम्बन, निर्दोष ठहरिए फुकुवा , दोषी ठहरिए पदमुक्त

 काठमाडौं बैशाख ४,  प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमवाली लेखन समतिले प्रस्तावित नियमावलीमा फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागेमा, पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था हुने बताउँनु भएको छ ।

 रिपोर्टस क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै संयोजक पोखरेलले विगतमा मुद्दा लागिसकेर जेलमै रहे पनि ससंद पद रहिरहने व्यवस्था लाइ हटाउँदै प्रस्तावित नियमावलीमा मुद्दासम्बन्धमा अन्तिम फैसला नभएसम्म निलम्बन हुने व्यवस्था राख्न लागेको बताउँनु भएको हो ।

त्यस्तै उहाँले फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पदमुक्त हुने समेत व्यवस्था नियमावलीमा रहने जनाउ दिदै यदि सासंद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पद पूर्ति गर्ने व्यवस्था प्रस्तुत नियमावलीले गर्ने बताउँनु भएको छ ।  त्यस्तै प्रस्तावित नियमावलीमा महिनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सासंदहरुले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था सहित  प्रधानमन्त्रीले मात्र नभै सासंदले विशेष र शुन्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको उहाँले जानकारी दिनु भएको छ ।

१३ सदस्यीय समितिमा संयोजक पोखरेल र सदस्य विश्वकर्मासहित जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, डा मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य छन्

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।