शुक्रबार, चैत्र १६, २०८०

सम्पदा पदमार्ग यात्रा अन्र्तगत आज साइकल यात्रा

विष्णु विष्ट/काठमाडौं बैशाख ४, अप्रिल १८ तारिखका दिन मनाइने विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगपालिकाको संयोजनमा आयोजना हुने सम्पदा मार्ग पदयात्रा कार्यक्रमको प्रचार प्रशारका लागि आज हनुमानढोका दरवार देखि स्वयम्भू क्षेत्रसम्म साइकल यात्राको आयोजा गरिएको छ ।

यस यात्रामा जोडिनेछन् । स्थानीय सांस्कृतिक, सामाजिक, खेलकुद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रम समेटिने सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन आइतबारपद मार्गको सरसफाइ सम्पन्न भएको छ । विहान बसन्तपुरस्थित शिवपार्वती मन्दिरबाट  ३ न प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले सुभारम्भ गर्नु भएको उक्त    कार्यक्रममा , संघीय संसदका सदस्य जीवनराम श्रेष्ठ , प्रदेशसभा सदस्य राजेश शाक्य लगायतको उपस्थिती रहेको थियो ।  पदयात्राको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत  कला कार्यशाला, हुलाक टिकट तथा फोटो प्रदर्शनी तथा कवड्डी, विवोइङ्, स्केटवोर्डजस्ता खेल आयोजना हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।