शनिबार, बैशाख १५, २०८१

जनअधिकारमाथि धावा वोल्ने काम नर्गन जिप्रका काठमाडौंका प्रमुख शर्मालाई नेविसंघको ज्ञापन

काठमाडौं बैशाख ४, यो वा त्यो वहानामा राज्यले जनताको हक अधिकारमाथि धावा वोल्दै नियोजित रुपमा आन्दोलन गर्न पाउने जनताको अधिकार माथि प्रतिवन्ध लगाउँन खोजेको भन्दै सरकारको प्रस्तुत कदम विरुद्ध नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाएको छ ।

प्रशासनले जथाभावीरुपमा आन्दोलन र विरोधका कार्यक्रम गर्न नपाउने भन्दै आन्दोलन गर्ने ठाउँ तोकेपछि विद्यार्थी संघले सोको विरोध जनाउँदै मंगलबार ज्ञापनपत्र बुझाउँदै संघका महामन्त्री कुन्दन काफ्लेले माइतीघर मन्डला र क्याम्पसअगाडि विरोध प्रदर्शन गर्न पाउनुपर्ने अधिकारमाथि हस्तक्षेप नर्गर्न ध्यानाकर्षण गराएका हो ।

त्यस्तै ज्ञापनपत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी शर्माले सर्वसाधारणको बोल्न र हिँड्न पाउने अधिकार नखोसेको तर व्यवस्थितरुपमा आन्दोलन र विरोध प्रदर्शनको व्यवस्था मिलाइएको जनाउ दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।