बिहिबार, चैत्र १५, २०८०

पार्टी एकता संयोजन समितिको बैठक: अध्यक्षद्दयलाइ एकताको अन्तिम टुङ्गो लगाउने जिम्मा

एमालेले पार्टी एकता भन्दा पनि विलयको मानसिकता देखायो , कार्यकर्ता वृत नभड्कियोस भन्ने अभिप्रायले भित्रि कुरा सार्वजनिक नगरिएको जनाउ 

काठमाडौं बैशाख ४, एमाले र माओवादी केन्द्रवीचको एक्ताका लागि  छलफल गर्न आज बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको सवालमा विद्यमान सम्पूर्ण विषयवस्तुतको सम्बोधन सहित अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई दिएको छ ।

आजको बैठसंगै अर्को मिति तय नभएसम्मका लागि बैशाख ९ गते हुने भनिएको पार्टी एकताको अध्यायले तत्कालका लागि विट मारेको छ भने यसवीचमा एकताको सवालमा देखिएको असहमति अझै गहिरिएको बताएको छ ।

सम्वद्ध सुत्रका अनुसार पार्टी एकताको कुरा भएको हो पार्टी विलयको होइन यसअर्थमा पनि एमालेले देखाउँदै आएको रैवैया अर्थात माओवादी केहि होइन जे भन्दा पनि मान्छ भन्ने मानसिकताका कारण समस्या दिनानुदिन चुलिदै गएको बताएका छन । त्यस्तै आजको बैठक सकारात्मक भएको भनिएपनि सहमतिको सवालमा उल्लेख्य अड्चन रहेको तर कार्यकर्ता वृत नभड्कियोस भन्ने अभिप्रायले भित्रि कुरा सार्वजनिक नगरिएको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।