शुक्रबार, बैशाख १४, २०८१

शान्ति तामाङको सहयोगार्थ सहयोग संकलन

काठमाडौ चैत १० , राजधानीस्थित संकटा मन्दिरमा का विहानै हामी सक्षम नेपालीको आयोजनमा जागरूक यूथ नेपाल,यूथ फर शोसल चेन्ज जस्ता फ़ेसबुक ग्रूपको सहभागितामा ब्लड क्यान्सर जस्तो रोगबाट पिडित शान्ति तामाङको सहयोगार्थ सहयोग संकलन गरेका छन ।

गरिब एबं बिपन्न परिवारका सदस्य रहेकी २१ वर्षिय तामाङले अर्थ अभावकै कारण औषधि समेत खरिद गर्न नसकेपछि उनको सहयोगार्थ सहयोग संकलन अभियानको आयोजना गरेको हामी सक्षम नेपालीको समरचना चौधरीले जानकारी दिए ।

साथै मानव धर्म नै सबैभन्दा धर्म हो भन्दै हामीले गरेको सानो सहयोगले एक जना नानीको ज़िन्दगी बाच्छ भने हामी जे पनी गर्न तयार रहेको  बताउँदै मन्दिर दर्शनार्थ आएका भक्तजन तथा दयालु मनका व्यक्ति विशेषसंग सहयोगको लागि अपिल समेत गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।