शुक्रबार, बैशाख १४, २०८१

आज उदाउँदो सूर्यलाई अघ्र दिई चैते छठ समापन गरियो

 काठमाडौं चैत १० ,  चैते छठअन्तर्गत आज व्रतालुले उदाउँदो सूर्यलाई  अघ्र दिई सूर्य भगवानको पूजा अर्चना सहित पर्वको समापन गरेका छन् ।

मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन अर्थात शुक्रवार साँझ अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजार्चना गरी पर्व समापन गर्ने गरेको हो । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने चैते छठको पहिलो दिन बुधबार नहाय खाय, दोस्रो दिन खरना विधि गरिएको थियो

छठको व्रत बस्नाले चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने तथा पारिवारिक सुख–शान्ति छाउने जनविश्वास रहेको छ । त्यस्तै छठ कात्तिक र चैत महिनामा गरी वर्षमा दुईपटक मनाइने चलन छ । जसअनुसार कात्तिक महिनामा राजधानीमा समेत यसको व्यापक प्रचारप्रसार हुन्छ भने चैते छठमा तराइका जिल्लामा र राजधानीका केहि स्थान विशेषमा मात्र पर्व मनाउँने गरिन्छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।