शनिबार, बैशाख १५, २०८१

फोरमलाइ सरकारमा ल्याउन् एमालेले संविधान संशोधन गर्ने

काठमाडौं फागुन १०, एमाले अध्यक्ष केपी ओली  नेतृत्वको सरकार विस्तारको चर्चासंगै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउका लागि भन्दै नेताहरूले फोरमसँग वार्ता थालेका छन ।  यसवीचमा संविधान संंशोधनमा एमाले सकारात्मक बने सरकारमा जान सकिने संकेत फोरमले दिएपछि एमाले संविधान संशोधनको लागि पहल थाल्दै संशोधनका लागि कार्यदल बनाउने भएको हो ।
एमाले र फोरका नेता सहभागी बैठकमा एमालेको यो संविधान संशोधनको लागि देखाएको लचकतालाइ अर्थपूर्ण भएको जनाउ दिदै फोरमका नेताहरुले व्यवहारिक पक्षमा एमालेको प्रदर्शन हेर्न बाँकी रहेको जनाउ दिएका छन ।  यता संशोधनको मुद्धामा एमाले लचकभएसंगै संविधान संशोधनको विषयमा आफ्नो निष्कर्ष पहिल्याउन फोरमले पनि आन्तरिक छलफल थालेका छन ।

यदि एमालेले आफुले पहिचान गरेका संशोधनको मुद्धामा सरकारात्मकता प्रदर्शन गरमात्र सरकारमा जाने र नजानेबारे औपचारिक निर्णय गर्न सकिने बताएका छन । त्यसो त फोरम सरकामा आउन चाहे संविधान संशोधनको अलावा उपसभामुख र मन्त्री दिने सवालमा यसअघि पनि यि दुइ दलवीच छलफल भइसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।