बुधबार, बैशाख १२, २०८१

प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वाचित सासंदहरुको शपथ फागुन २० मा, समय भने फरक-फरक

काठमाडौं फागुन १०,  संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वाचित सासंदहरुको शपथ ग्रहण कार्यक्रम आगामी फागुन २०मा गराउने भएको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसद्को बैठक आह्वान गरिसकेका कारण त्यसको एक दिन अगाडि फरकफरक समय सिमामा सचिवालयले सांसदको सपथ गराउने तयारी गरेको हो ।

यस क्रममा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक गरि २ सय ७५ सासदले त्यस्तै राष्ट्रियसभाका मनोनित समेत गरि ५९ जना सदस्यले सपथ लिने स सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार यसवीचमा पहिले सम्बन्धित सभाका ज्येष्ठ सदस्यले प्रतिनिधिसभा निर्वाचन ऐन र राष्ट्रियसभा निर्वाचन अध्यादेशको अनुसूचीमा शपथको व्यहोरा सहित राष्ट्रपतिबाट सपथ लिएसंगै तिनै ज्येष्ठ सदस्यले बाँकी सदस्यलाइ सांसदलाई शपथ गराउने सचिवालयले जनाएको  छ । त्यस्तै कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा अनुवाद गराएर ३ दिनअगावै संसद्का महासचिवलाई उपलब्ध गराउनुपर्ने नियम रहेका सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।