शनिबार, बैशाख १५, २०८१

भूकम्पपीडितलाई सहुलियत ब्याजदरको ऋण नदिने बैकलाइ कारबाही गरिने

 काठमाडौ माघ १२,  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हालसम्म ७ लाख ६७ हजार भूकम्पपीडितमध्ये ६सय५९ पीडितले मात्र सहुलियत ब्याजदरको ऋण प्राप्त गरेको जनाउँदै तत्काल भूकम्पपीडितका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन सम्बन्धीत निकायका अधिकारीलाई निर्देशन दिएको छ । प्राधिकरणमा आज अर्थ मन्त्रालय, नेपाल राष्ट���र बैंक र बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो ।

त्यस्तै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ३ दिनभित्र ऋण दिने विधि र प्रक्रिया बैंकमा अनिवार्य रुपमा सूचना टाँस गर्ने व्यवस्था मिलाउन भनेका छन । छलफलमा अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना  लगायतले सरकारसँग भएको सम्झौताअनुसार उपत्यकाका भूकम्पपीडितका लागि रु २५ लाख र बाहिरका पीडितका लागि रु १५ लाख नदिने बैंकलाई कारवाही गरिने बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।