शुक्रबार, बैशाख ७, २०८१

राज्यलाई नै कंगाल बनाउने नियतिका साथ गरिएका सरकारका निर्णय मान्य हुँदैनन्ः ओली

 काठमाडौं माघ १२, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सामुदायिक रेडियो प्रसारक संघको यहाँ आयोजित १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै सरकारले राज्यलाई नै कंगाल बनाउने नियतिका साथ गरिएका कतिपय निर्णय निर्णय मान्य नहुने बताउनुभएको छ । साथै उहाँले संविधान अपरिवर्तनीय दस्तावेज नभए पनि संशोधनका नाममा देशलाई दूरगामी रुपमा असर पार्ने, देश टुक्र्याउने जस्ता निर्णय गर्न नसकिने भन्दै उहाँले अव बन्ने सरकार सञ्चारमाध्यममैत्री बन्ने भन्दै प्रत्येक सञ्चारमाध्यमले समाज र राष्ट्रका हितमा काम गर्नुपर्ने जिकिर गर्नु भएको छ ।

 साधारण सभालाइ सम्बोधन गर्नेक्रममा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सामाजिक रुपान्तरणका क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण भएको बताउँदै अब बन्ने सरकारले सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउने बताउनु भएको छ । त्यस्तैगरि राजपाका नेपालका महासचिव मनिष सुमनले संविधानलाई सर्वस्वीकार्य गराउन संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभएको उक्त कार्यक्रममा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस ५ वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताउँदै पद बाँडफाँटका नाममा गठबन्धन नटुटो भन्ने शुभकामना दिनु भएको थियो ।

 सभामा रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, एमालेका नेता डा गंगालाल तुलाधर, एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापा, सामुदायिक रेडियोको विश्व संगठनका सहअध्यक्ष मीनबहादुर शाही, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलगायतले सामुदायिक रेडियोले खेलेको भूमिकाबारे अभिमत राख्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु