बिहिबार, बैशाख ६, २०८१

सोमवार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसंगै उम्मेदवारलाई निर्वाचन चिह्न

 काठमाडौ माघ १३, आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको क्रममा  निर्वाचन आयोगले निर्वाचनमा भाग लिएका उम्मेदवारलाई सोमबार चुनाव चिन्ह प्रदान गर्ने भएको छ । आयोगका अनुसार सोमवारनै गरिने उम्मेदवारको अन्तिम नामावली प्रकाशनसंगै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको बताएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्यले मतदाले गर्ने प्रस्तुत निर्वाचनको लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को ललितपुर , प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको र प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता रहेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु