शुक्रबार, बैशाख १४, २०८१

समाचार संकलनमा रोक लगाएको घटनाको महासंघद्दारा भत्र्सना

 काठमाडौं माघ ५ , नेपाल पत्रकार महासंघले आज राष्ट्रपति कार्यालयमा आयोजित प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रमको समाचार संकलनमा निजी सञ्चार माध्यमहरुलाई रोक लगाएको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघका महासचिव रमेश विष्ठद्दारा आज जारी प्रस विज्ञप्तिमा  पत्रकारलाई समाचार संकलन र सम्प्रेषणमा रोक लगाउनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको बताउँदै लोकतान्त्रिक मूल्य मान्यता विपरित पत्रकारलाइ समाचार संकलनमा रोक लागाउनु भनेको जनताको सूचनाको हक समेत कुन्ठित गर्नु रहेको जनाएको छ ।

 त्यस्तै विज्ञप्तिमा राष्ट्रपति कार्यालयबाट बारम्बार सञ्चारकर्मीहरुमाथि विभेदपूर्ण व्यवहार हुँदै आएकोमा महासंघले दुःख व्यक्त गर्दै पत्रकारले निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार हनन भएको घटनाको महासंघले भत्र्सना गरेको छ । साथै यस यस किसिमका घटनाको छानबिन गरी भविष्यमा यस्ता किसिमका घटना दोहरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ ।

यसैवीच फोटो पत्रकार क्लब, नेपालले पनि नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका फोटो पत्रकार र क्यामरा पत्रकारलाई प्रवेश निषेध गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । क्लबका अध्यक्ष विकास कार्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि राष्ट्रपति कार्यालय पुगेका फोटो पत्रकारलाई गेटमा रोकिनु संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रणमाथि हस्तक्षेप र दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।