शुक्रबार, बैशाख १४, २०८१

कोहि कसैको धम्की किमार्थ स्वीकार्य छैन: थोकऔषधि व्यवसायी संघ

काठमाडौं माघ ५ , औषधि व्यवसायीको छाता संगठन थोक औषधि व्यवसायी संघले गत आइतवार सम्पन्न प्रदेश नं १ को भेलाले केएलदासको संयोजकत्वमा ११ सदस्यीय नेपाल औषधि थोक व्यवसायी संघ प्रदेश नं १ गठन गरे पश्चात तिलमिलाएका केहि व्यक्ति विशेष र संघस्थाका प्रतिनिधीले प्रदेश न १ तदर्थ समितिका अध्यक्ष दासलाइ यो वा त्यो वहानामा मानसिक  टर्चर दिदै प्रदर्शन गरेको निच र घृनित कार्य प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाद्दारा आज एक विज्ञप्ति जारी गर्दै मुलुकको संविधानले प्रत्याभूत गरेको मौलिह हकअधिकार अनुरुप विभिन्न संघसंस्थामा आवद्ध भइ आफ्नो पेशा र व्यवसाय गर्न पाउने अधिकार अनुरुप क्रियाशील हुने क्रममा कोहि कसैको धम्की किमार्थ स्वीकार्य नहुने बताउँदै संस्था र सस्था आवद्ध कोहि कसैप्रति लक्षित डर धम्कीका विरुद्ध संस्था शतिशाल झै अडिग रहेको उल्लेख गरिएको छ ।

त्यस्तै हिजोको दिनमा यो वा त्यो वहानामा मनोमानीरुपमा जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार को राख्ने औषधिको व्यापारमा मनोमानी गर्न पल्केका ति व्यक्ति विशेषको रवैया आफैमा निन्दा भत्सर्ना योग्य रहेको  भन्दै हाम्रो उद्देश्य “सम्मानित, मर्यादित र लगानि सुरक्षित औषधि व्यवसाय” प्रति प्रतिवद्धता व्यक्त गर्दछौं र निर्धक्क, भयरहित भै आफ्नो व्यवसाय र संघलाइ द्रुत गतिमा अगाडि वढाउन अनुरोध गर्दछौं ।’  संघले सदस्यहरुलाइ हत्तोसाहित गर्ने र औंला उठाउने  कोशिस नगर्न भनेको  छ  । यसका वावजुद पनि कोहि कसैले कुनै अनाधिकृत कामकारवाही गरे वा भए   उत्पन्न हुने कुनै पनि समस्याको भागिदार सम्बन्धित संघ स्वयम हुने चेतावनी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।