शनिबार, बैशाख ८, २०८१

राष्ट्रपतिबाट प्रदेश प्रमुखलाई शपथ,आयोगद्दारा प्रतिवेदन हस्तान्तरण

 काठमाडौ माघ ५ , राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वर्टै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज अयोजित विशेष कार्यक्रमकावीच  राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराउनुभएको हो ।

राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्राडा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ल हुनुहुन्छ ।  शपथ गहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुख उपस्थित हुनुहुन्थ्यो ।

यसैवीच प्रदेश प्रमुखको शपथग्रहणलगत्तै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ७ तवटै प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाउँदै प्रमुख आयुक्त, डा यादवले सबै प्रदेश प्रमुखलाई राष्ट्रियसभा निर्वाचनको तालिकाअनुसार प्रदेशसभा सदस्यहरुलाई आइतबार बिहान ११ बजेसम्म शपथ ग्रहण गराइदिनहुन आग्रह गर्नुभएको थियो । फोटो: राष्ट्रपति कार्यालय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।