शुक्रबार, बैशाख १४, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथवीच विशेष तथा महत्वपूर्ण भेटवार्ता

 काठमाडौं पुस २४ ,  मध्यपश्चिम र सुदूरपश्चिम नेपालको भ्रमणको क्रममा  रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग विशेष तथा महत्वपूर्ण भेटवार्ता गर्नु भएको छ ।  मध्यपश्चिम र सुदूरपश्चिम नेपालको भ्रमणका क्रममा रहनु भएका पूर्व राजा नेपालगन्जबाट आइतबार उत्तर प्रदेशको राजधानी लखनउ पुग्नु भएको थियो ।आदित्यनाथ र पूर्व राजा ज्ञानेन्द्रवीच सोमबार लखनउस्थित सरकारी निवासमा भएको विशेष तथा महत्वपूर्ण भेटवार्ता भन्दै मुख्यमन्त्री आदित्यनाथले भेठवार्ताको तस्वीर आफ्नो ट्वीटर आडीबाट सार्वजनिक गर्नु भएको हो । तर मुख्यमन्त्री आदित्यनाथसँग पूर्वराजा शाह कुन प्रसंगमा कस्तो भेटवार्ताको भएको ओ सोको संग भने खुलाईएको छैन ।

स्मरण रहोस मुख्यमन्त्री योगी आदित्यनाथ प्रखर हिन्दूवादी नेताको रुपमा चिनिन्छन् । उनले नेपालमा पनि हिन्दूधर्मको मुद्दामा समर्थन जनाउँदै आएका छन्

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।