बुधबार, बैशाख १२, २०८१

पार्टीको संगठनात्मक मार्गचित्र बनाउन एमाले र माओवादी केन्द्रको आन्तरिक बैठक बस्दै

  काठमाडौं पुस २४,  स्वास्थ्य समस्याका कारण घरमै स्वास्थ्य लाभ गरिरहेका एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द््रका अध्यक्ष ‘प्रचण्ड’ बीच आएतवार साँझ भक्तपुरस्थित ओली निवास बालकोटमा भएको भेटवार्तामा बहुचर्चित पार्टी एकता सरकार निमांण र आसन्न राष्ट्रिय सभा सदिस्यको निर्वाचनको सवालमा वान टु वान’ अर्थपूर्ण छलफल भएको भएको छ ।

छलफलको क्रममा उहाँहरुवीच जारी पार्टी एकताको सवालमा संगठनात्मक स्वरुप बनाउनको लागि भएको सहमति अनुरुप आज आ–आफ्नो दलमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने निष्कर्षको पहिचानका लागि आन्तरिक बहस हुँने भएको छ ।यसको लागि एमालेले आज अपरान्ह २ बजे स्थायी समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले पनि आफ्नो आन्तरिक बैठक बोलाएको छ ।  छलफलपछि प्राप्त निष्कर्ष सहित मंगलबार बस्ने एकता संयोजन समितिको बैठकमा प्राप्त निष्कर्षको आधारमा पार्टीएकताको मार्गचित्र बनाउँने तयारी दुइ दलको गरेको बुझिएको छ ।

यसैवीच यो वा त्यो कोणबाट दुई दलबीचको एकताका लागि अहिले सबैभन्दा बढी विवाद पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा  विषयमा फरकफरक धारणा सार्वजनिक भइरहेको अवस्थाकावीच बुधबार स्वास्थ्य परीक्षणको लागि बैंककजानु पूर्व समझदारी बनाउन र यसवीचमा सार्वजनिक भएका यावत हल्लालाइ र्चिनका लागि आज सय दुइ दलको बैठक बस्न लागेको सम्वद्धस्रोतले जनाएको छ ।

 

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।