शुक्रबार, बैशाख १४, २०८१

पद भन्दा पनि पार्टी एकिकरण महत्वपूर्ण: पूर्वमन्त्री पोखरेल

भक्तपुर पुस १८, एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पद भन्दा पनि पार्टी एकिकरण महत्वपूर्ण भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई पालना गर्दै पार्टी एकिकरण महत्वपूर्ण रहेको भन्दै पार्टी एकिकरणपछि अध्यक्ष तोक्ने विषयमा दुवै पार्टीका अध्यक्ष तयार भएको बताउनु भयो ।

देउवा नेतृत्वको सरकारले जाँदा जाँदै गरेका बिभिन्न खालका नियुत्ति सरुवा बढुवा गलत भएको भन्दै जनादेशको पालना गरि तत्कालै सरकार छाडी नयाँ सरकारका लागि सहज वातावरण श्रृजना गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । उहाँले कानुन बिदहरुले चर्चा गरे जस्तो नयाँ सरकार गठनमा राष्ट्रियसभाको निर्वाचनले कुनै अवरोध नगर्ने बताउँदै बिभिन्न बहानबाजी गरेर वर्तमान सरकाले आफ्नो सत्ताको आयु लम्बाउनु गलत भएको बताउनु भयो ।
अवको सरकारको लागि सबैभन्दा ठूलो चुनौति भनेको देशको आर्थिक समृद्धि भएको भन्दै उहाँले सरकारले स्पष्ट खाका सहित कार्यान्वयनतर्फ जान नसके त्यसले नेपालीमा ठूलो निराशा पैदा गर्ने र यसले बाम गठबन्धलाई समेत घात पु¥याउने बताउनु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।