शुक्रबार, बैशाख ७, २०८१

इन्जिनियर यादवविरुद्ध मुद्धा दायर, २५ हजार घुस लिँदै गरेका सुपभाइजर थापामाथि अनुसन्धान सुरु

 काठमाडौ पुस १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय, सिरहामा कार्यरत इन्जिनियर रामबहादुर यादवविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।  आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार इन्जिनियर यादवले निर्माण व्यवसाय अनुमतिपत्र बनाउने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा केही दिनअघि पक्राउ गरेको जनाएको छ ।

यसैवीच आयोगले महोत्तरी जिल्ला सुखैनिया स्थित विष्णु जनता प्राथमिक विद्यालयको तत्कालीन प्रधानाध्यापक अमलेश कुमार यादवले विद्यालयको भवन निर्माणको लागि निकासा भएको रकमबाट भवन ज्यादै कमजोर र अधुरो बनाइ भ्रष्टाचार गरेको भन्दै परेको उजुरीको छानबिनको क्रममा तत्कालीन प्रधानाध्यापक यादवले निकासा भएको रकममध्ये रु चार लाख १९ हजार पच्पन्न रुपैया आफुखुशी खर्च गरी सरकारी रकमको बदनियतपुर्वक दुरपयोग गरी भ्रष्टाचार गरेको ठहर सहित निज विरुद्ध  जरिवाना र कैद सजायको मागदावी सहित आज विशेष अदालत मुद्धा दायर गरिएको जनाएको छ ।

यसैगरी आयोगले नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर दिनेश थापाले थ्रिफेज लाइन मर्मत जडान गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २५ हजार घुस लिँदै गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु