शनिबार, बैशाख १५, २०८१

निषेध गर्ने राजनीतिक संस्कार रहेसम्म नयाँ नेपाल निर्माण गर्न नसकिने पूर्व राष्ट्रपति डा.यादवको जनाउ

 गजेन्द्र नारायण सिंहको १६ औँ वार्षिक पुण्य तिथिको अवसरमा स्व सिंहप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त

 काठमाडौं माघ १०,  स्व गजेन्द्र नारायण सिंहको १६ औँ वार्षिक पुण्य तिथिको अवसरमा गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानद्दारा आज राजधानीमा एक विशेष कार्यक्रमकावीच स्व गजेन्द्र नारायण सिंहको विचार र वर्तमान राजनिती विषयक विचार गोष्ठीको आयोजना सहित स्व : सिंहप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गरिएको छ ।

पूर्व राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त  कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व यादवले  मुलकुको समृद्धि र विकासका लागि दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको जिकिर गर्दै एक समूदायले अर्को समूदायलाइ  निषेध गर्ने राजनीतिक संस्कार विद्यमान रहेसम्म नयाँ नेपाल निर्माण गर्न नसकिने जनाउ दिनु भएको छ ।

साथै उहाँले सम्बोधनको क्रममा हिमाल पहाड र तराइको भावना अनुसार मुलुकलाई अघि बढाउन सकेमात्रै राष्ट्रिय एकतामा थप टेवा पुग्ने बताउँदै स्व गज्जुवावुले मुलुकमा परिवर्तनका लागि भएको योगदान र तत्कालीन समयमा उहाँले उठान गर्नु भएको मुद्धाले क्रमस स्थान पाउँदै गएको बताउँनु भएको छ ।

कार्यक्रमका अन्य सहभागि वक्ताहरु क्रमस नेपाल सरकारका मन्त्री दिपक वोहरा, राजपा अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजेन्द्र महतो ,प्राध्यापक अनुप बराल ,नेपालका लागि भारतीय राजदुत मन्जिभ सिंह पुरी , नेपालका लागि बंगलादेशकी राजदुत, पूर्व सभामुख एवम् मानवअधिकावादी नेता दमननाथ ढुङगाना लगायतका वक्ताहरुले गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् नव निर्वाचित प्रतिनिधीसभा सदस्य अनिल झाले स्व: सिंहले देखाएको वाटोमा हिड्नुको विकल्प नभएको बताउँदै उहाँको तर्फबाट मधेस आन्दोलनको लागि  भएको योगदानको  चर्चा गर्नु भएको थियो । फोटो : रिजन शाही 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।