शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद बैठक: अव वृद्धभत्ता ६५ वर्षमा नै, भूकम्प र बाढीपीडितलाइ थप १/१ लाख अनुदान

  • दस्तुरसम्बन्धी नियमावलीमा संशोधन
  • नेपाली सेनाका  चारजना   महासेनानीलाई पदोन्नति गरी पदस्थापन  तथा  ११ सहायक रथीको सरुवा

काठमाडौ माघ १०,  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकसवैलाई वृद्धभत्ता दिने भएको छ । यसअघि ७० रहेकोमा सो उमेर मापनलाइ घटाउएर ६५ वर्ष कायम गरिएको सरकार प्रवक्ता एमव् सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिनु भएको छ ।

त्यस्तै मन्त्री बस्नेतले दिनु भएको जानारी अनुसार आजको बैठकले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु १ लाख थप गर्ने निर्णय सहित महिला स्वास्थ्य स्वयंसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको जानकारी दिनु भएको छ भने निजी व्यवसाय दर्ता गर्ने महिला, दलित वा विपन्न वर्गको परिचयपत्र प्राप्त भएको व्यक्तिले रू १ करोडसम्मको पुँजीको फर्म दर्ता गर्दा शून्य दस्तुर र सोभन्दामाथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने सहित  दस्तुरसम्बन्धी नियमावलीमा संशोधन गरिएको जानकारी दिनु भएको छ ।
त्यस्तैगरिआजको बैठकले नेपाली सेनाका  चारजना महासेनानीलाई पदोन्नति गरी पदस्थापन गर्ने तथा ११ सहायक रथीको सरुवाको निर्णयसंगै  रोयल कनेक्टिभिटी इम्प्रुमेन्ट प्रोजेक्टका लागि ऋण स्वीकार गर्ने, एग्री कल्चर डेभलपमेन्ट कार्यक्रमका लागि स्वीट्जरल्यान्ड सरकारबाट प्राविधिक सहायता लिने निर्णय भएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।