शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रियसभा निर्वाचन: ५६ पदका लागि ८३ जनाको उम्मेदवारी दर्ता

काठमाडौ माघ १०,  आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ९ , प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११ प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी गरि आज ८३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समेत गरि ८ सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहमा निर्वाचित १५ सय ६ जना प्रमुख, उपप्रमुखका मध्ये एक व्यक्तिको मतभार १८ वरावर २७ हजार १ सय ८ मत र प्रदेस सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित ७ प्रदेशका पाँच सय ५० सांसद मध्ये एक सासंदको ४८ मतभार वरावर २६ हजार ४ सय मतको कुल जोड ५३ हजार ५ सय ८ मतबाट निर्वाचित गर्नका लागि एकल संक्रमणीय मत प्रणालीका आधारमा निर्वाचन गरिने छ । मतदाताको मतभार फरक रहेपनि प्रस्तुत निर्वाचनको कुल मतदाता भनेको २ हजार ५६ जना मतदाता कायम गरिएको छ ।

  आयोगका अनुसार आज दर्ता भएको मनोनयनमा महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवार गरि कुल ८३ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु