शुक्रबार, बैशाख १४, २०८१

विद्या र सिर्जनाकी देवी सरस्वतीको पूजा एवम् बालबालिकालाई अक्षराम्भ गरि आज श्रीपञ्चमी मनाउदै

सरस्वतीको ध्यान : ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’

काठमाडौं फागुन १, प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने पर्व श्रीपञ्चमीको अवसरमा   a f C b d f  विद्या र सिर्जनाकी देवी सरस्वतीको  पूजाआजा गरि मनाइदैछ । त्यस्तै आजको दिन विशेषगरि बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ र साथै कुनै पनि नयाँ कार्य आज शुरु गर्नु शुभ हुने पनि बिश्वास गरिन्छ ।

आजको दिन शिक्षक, विद्यार्थी, लेखक, कलाकार, पत्रकार आदि सिर्जनाकार हरुले आ-आफ्ना सिर्जनाका औजारको पूजा गर्नुका साथै सरस्वतीको मन्दिर तथा तस्बीरमा पनि पूजा गर्ने चलन छ ।

आजको दिन राजधानीका बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला सहित सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्ने गर्दछ । सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।

त्यस्तै आज देखि वसन्त ऋतुहरुको सुरुवात हुने भएकाले आजको दिनलाई श्रीपञ्चमीका साथै वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले हनुमानढोका दरवारमा एक विशेष कार्यक्रमकावीच वसन्त श्रवण गर्ने परम्परा रहदै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

anup_20150125_8