मङ्लबार, बैशाख १८, २०८१

मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु

  काठमाडौं बैशाख ५,

वर्षा र सहकालका देवताका रुपमा पूजिने सेतो मछिन्द्रनाथको मंगलवार जमलस्थित तीनधारा पाठशालामा रथारोहणपछि रथयात्रा अपरान्हबाट सुरु भएको छ ।

मछिन्द्रनाथको रथारोहणको क्रममा मछिन्द्रनाथको मूर्तिलाई केलटोलबाट खटमा राखि जमल पुर्याउँने र त्यपछि ३२ हात लामो तथा ९ तल्ले रथमा रथारोहण गराइ गराएसंगै रथयात्रा गरिएको हो ।  रथयात्राको पहिलो दिन मंगलवार साँझ रथलाई जमलबाट रत्नपार्क, भोटाहिती हुँदै असन ल्याइ विश्राम गराइएको छ ।

त्यस्तै बुधवार अपरान्ह मच्छिन्द्रको रथयात्रा असनबाट मच्छिन्द्रबहाल, इन्द्रचोक हुँदै हनुमानढोका दरवारपरिसरमा पुर्याउँदै विश्राम गराउँने परम्परा रहिआएको छ।

 रथयात्राको तेस्रो दिन मरु, जैसीदेवल, ज्याबहाल हुँदै लगनमा पुर्याउँदै पाँचौ दिनमा रथयात्रा समापन गर्ने प्रचलन रहिआएकोछ । सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएको छ ।