मङ्लबार, बैशाख १८, २०८१

आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं

काठमाडौं बैशाख ५,
आज रामनवमी । हरेक वर्षको चैत शुक्ल नवमीको अवसरमा यो पर्व श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा–आराधना गरी मनाइन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा मानवअवतारमा भगवान् श्रीरामको जन्म भएको धार्मिक विस्वास रहिआएको छ ।
मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ ।

आजको दिन स्नान गरी राम जानकी मन्दिरमा पूजा पाठ गरे पारिवारिक सुख शान्तिका साथै हरेक प्रकारका दुखबाट मुक्ति हुने जनविश्वास रही आएको छ । आजका दिन राजधानीस्थित बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारीस्थित राममन्दिर लगायत जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न भक्तजनको घुइँचो लागेको छ । सरकारले रामनवमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

त्यस्तै आजै विश्व हिन्दु महासंघले राजधानीमा धार्मिक सभाको आयोजना समेत गरेको छ ।