शनिबार, बैशाख ८, २०८१

सशस्त्रका पूर्व महानिरीक्षक ओलीसहित ७ विरुद्ध मुद्दा दायर

ओलीले रु १ करोड १४ लाख ५४ हजार ४९ बराबर भ्रष्टाचार गरेको आयोगको ठहर

काठमाडौ माघ २९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक वासुदेव ओलीसहित सात Captureजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 12717751_596264670522853_3358519553842963443_nआयोगले आज दायर गरिएको मुद्धामा तत्कालीन महानिरीक्षक ओलीले पदमा बहाल रहेको अवस्थामा पदीय दायित्वको दुरुपयोग गर्दै सामानको ढुवानी गर्दा नक्कली बिल भर्पाई बनाई रु १ करोड १४ लाख ५४ हजार ४९ बराबर भ्रष्टाचार गरेको अभियोग लगाईएको छ ।

साथै आयोगले अर्का पूर्व सशस्त्र प्रनाउ महेन्द्रबहादुर कार्की सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापा विरुद्धपनि रु १ करोड १४ लाख ४५ हजार ४९ बराबरकै भ्रष्टाचार गरेको दाबी सहित र सशस्त्र प्रहरी निरीक्षकद्वय मनुहीरा महतले रु २८ लाख १८ हजार ५१५ र शिवबहादुर अधिकारीले रु ७ लाख तीन हजार ३५, अनियमितता गरेको अनुसन्धानको क्रममा पाइएको जनाउँदै जनजहरु विरुद्ध पनि मुद्धा दायर गरेको छ ।
त्यस्तै गरि सशस्त्र प्रनानि देवेन्द्रकुमार श्रेष्ठ रु पाँच लाख ६० हजार ९५२ र सशस्त्र प्रहरी नायब निरीक्षक लेखबहादुर खत्रीले रु ४५ लाख २० हजार २७३ अनियमितता गरेको आयोगले दाबी प्रस्तुत गर्दै निजहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको छ । यसअघि आयोगले सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षकद्वय कोषराज वन्त र शैलेन्द्रकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।