शुक्रबार, बैशाख १४, २०८१

बोहोराको वीभत्स हत्यापछि फरार रहेकी कल्पना प्रहरी हिरासतमा

काठमाडौं साउन २७,
रोल्पा रुन्टीगढी गाउँपालिका-७ घर भएका ४५ वर्षीय कृष्ण बहादुर बोहोराको हत्या गरेको अभियोगमा ३७ वर्षीया कल्पना मुडभरी [पौडेल] लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेसंगै महानगरीय प्रहरी परिसर टेकुमा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

टोखा नगरपालिका-१० गोंगबु नवज्योती मार्गमा आइतबार बिहान सुटकेशभित्र टाउको बिनाको शव फेला परेको थियो । तालिम प्राप्त कुकुरलाई तत्कालै परिचालन गरी खोजी गर्ने क्रममा सोही ठाउँस्थित ३ सय मिटर टाढा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा फेला परेको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उक्त घटनामा संलग्न कल्पनालाई चितवन कालिका नगरपालिका(९ शक्तिखोरस्थित माइतिघरबाट पक्राउ गरेको हो ।

घटनास्थलबाट धारिलो हतियार, ह्रयामर, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडा , स्लिपीङ ट्याब्लेटको खोल र मोबाइल सेटसमेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै अनुसन्धानको क्रममा मृतक बोहोरा विगत ८ महिनादेखि उक्त होटलमा बस्दै आएको, मृतक र अभियुक्त कल्पनाबीच करिब ४ वर्षदेखि फेसबुक मार्फत चिनचान भई सम्पर्कमा रहेको, उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको, मृतकले अभियुक्तको फोटो राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफू अनुकूल चलाउनको लागि दबाब दिने गरेको, मृतक घटनाको दिन होटेलबाट बा।७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा आएको, कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकोमा दहीमा ५ वटा निन्द्राको औषधि समेत मिसाई दिएको उक्त खानेकुरा खाएपछि कृष्ण बहादुर लठ्ठ परी सुतेको मौकामा फलामको ह्रयामरले प्रहार गरेको, सलले घाँटी कसेको र मारेको यकीन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई झोलामा राखेर उक्त स्थानहरुमा आँफैले फालेको वयान दिएको प्रहरीले जनाएको छ ।

त्यसलगत्तै बिरामी लिएर काठमाडौं आई चितवनतर्फ फर्कन लागेको एम्बुलेन्समा आइतबार बेलुका कल्पना चितवनतर्फ गएकी प्रहरी अनुसन्धानको क्रममा खुलासा भएको प्रहरीले जनाएके छ। साथै कृष्ण बहादुरको शव व्यवस्थापनमा संलग्न रहेको खुल्न आएपछि उनकै १५ वर्षीया छोरीलाई समेत प्रहरीले नियन्त्रण लिदै थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।