शनिबार, बैशाख ८, २०८१

सेना परिचालन सहित नुवाकोटमा जारी निषेधाज्ञाको क्षेत्र बढाइयो

काठमाडौं साउन २७,
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र नुवाकोटको बैठकले बढेदो कोभिड संक्रमणको जोखिम संगै जारी गरेको निषेधाज्ञाको क्षेत्रलाइ थप विस्तार गर्नुको अलावा जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले यसअघि निषेधाज्ञा कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण देखिएसंगै थप आठ दिनका लागि थप क्षेत्र अन्र्तगत प्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा समेत निषेधाज्ञा विस्तार गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटद्दरा जारी विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

नुवाकोटमा कोभिड सङ्क्रमितको सङ्ख्या ६१ पुगेको अवस्था छ । यसअघि गत २५ गतेदेखि नुवाकोटको विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।