बुधबार, बैशाख १२, २०८१

उपत्यकामा फैलिएको कोभिड नियन्त्रणका लागि नाका सिल गर्नुको विकल्प छैन: प्रमुख शाक्य

महानगरपालिकाका वडा नम्बर–१२ र २१ मा अत्यावश्यक सेवा बाहेकका सबै कार्य बन्द

काठमाडौ साउन २७ ,
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई ‘सिल’ नगरेसम्म उपत्यकाभित्र बढ्दो कोभिड संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ । त्यस्तै उहाँले समुदायस्तरमा संक्रमण फैलिनुपूर्वनै सबै नाकामा सिल गर्नुपर्नेमा जोड दिदै उपत्यकामा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुको विकल्प नभएको जनाउ दिनुभएको हो ।

साथै प्रमुख शाक्यले सरकाले ‘लकडाउन’ खोलेपनि लामो दूरीका सवारी–साधन सञ्चालनमा आइनसकेकाले अव तत्काल आवतजावत बन्द गर्नुपर्ने बताउनुभयो ।

यसैवीच काठमाडौं महानगरपालिकाका वडा नम्बर–१२ र २१ मा अत्यावश्यक सेवा बाहेकका सबै कार्य बन्द गरिएको छ । बढ्दो कोभिड संक्रमणको जोपखमसंगै वडा समिति, स्थानीय बासिन्दा तथा सरोकारवालाहरुको संयुक्त बैठकले आगामी १५ दिनसम्म टेकु र लगन क्षेत्र रहेको वडाका सम्पूर्ण क्षेत्र बन्द गरिएको हो ।

यद्यपी खाद्यान्न पसलहरु बिहान १० बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्ममात्र खोल्न पाइने वडा समितिले जनाएको छ । त्यस्तै वडा न २१ इनाखा टोलस्थित तयारी पोसाक उद्योग व्यापार संघका अध्यक्षमा संक्रमण पुष्टिभउसंगै संक्रमितको सम्पर्कमा आएकाको नागकिरको पीसीआर परीक्षण गरिएको बताईएको छ ।