शुक्रबार, बैशाख १४, २०८१

आज सत्रौँ धान दिवस विविध कार्यक्रम सहित मनाइदै

काठमाडौं असार १५  , विगत एक दशक यता देखि प्रत्येक असार१५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस आज  “धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि” भन्ने मुल नारा सहित  ‘ १७ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता  नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो  ।

मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई आज नेपालभर धान दिवस, रोपाइँ जात्रा सगै । आजको दिनलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा रासायनिक मलको अभावका वावजुद पनि रोपाइँ सम्पन्न भइसकेको छ ।

तर यसपटक विश्वमा फैलँदै गएको कोरोना संक्रमणका कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम सहित यो दिवस मनाउदै छ । आज ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको खेतमा धानकोबीउ रोपेर औपचारिक रुपमा  धान दिवस मनाउदैछ ।

नेपालमा बार्षिक ५५ लाख टन धान उत्पादन हुँदै आएको छ । यो मुलुकको आवश्यकता भन्दा पाँच लाख मेट्रिक टन कम हो । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो ।विश्वको ३.५ अरव जनसंख्याको आधारभूत खाद्य वस्तु को रुपमा रहेको धान खाद्य तथा पोषण सुरक्षाका लागि मानिसलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख श्रोत हो । संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धान खेती भई ७८ करोड २० लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ जसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमै हुन्छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछी क्रमशस् भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरु हुन् भने नेपाल १७ औं स्थानमा पर्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।